काठमाडौं । पछिल्लो समय छात्राहरुलाई दुब्र्यबहारको आरोप लागेसँगै काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालयहरूबाट अनुशासन इन्चार्ज हटाउन निर्देशन दिएको छ।
महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले सबै विद्यालयलाई सर्कुलर गरी डीआई हटाउन भनेका हुन्।
‘काठमाडौँ महानगरपालिकाभित्र संचालित केही विद्यालयले विद्यार्थीको अनुशासन कायम राख्न भन्दै अनुशासन इन्चार्ज डिसिप्लिन इन्चार्ज (डीआई) राख्ने गरेको र त्यस्तो व्यक्तिले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रुपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजायसमेत दिने गरेको विषयमा गुनासो प्राप्त भएकाले विद्यार्थीमैत्री सिकाइ वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) राख्ने व्यवस्था नगर्नु नगराउनु हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ’ पत्रमा भनिएको छ।


