काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट माघ १० गतेदेखि आईपीओ जारी गर्ने भएको छ ।
कम्पनीले जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत अर्थात् १९ लाख २६ हजार ६ सय कित्ता साधारण सेयर जारी गर्नेछ । जसमध्ये पहिलो चरणमा ७ लाख ७० हजार ६४० कित्ता सेयर पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि बिक्री गर्ने भएको हो । बाँकी ११ लाख ५५ हजार ९६० कित्ता सेयर पछि सर्वसाधारणका लागि जारी हुनेछ ।
पहिलो चरणमा संस्थागत लगानीकर्ताले माघ १४ गतेसम्म नेपाल स्टक एक्स्चेन्जमा बोलकबोल आवेदन दिनेछन् । संस्थागत लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता ६०८ रुपैयाँदेखि अधिकतम मूल्य ९१२ रुपैयाँसम्मका लागि बोलकबोल गर्नेछन् ।


