काठमाडौं । आज बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसदको हिउँदे अधिवेशन माघ २२ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्ने निर्णय गरेको छ ।।
सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले माघ २२ गते अपराह्न संसदको दुबै सदन (प्रतिनिधि र राष्ट्रियसभा) को अधिवेशन आह्वान गर्ने निर्णय भएको जानकारी दिइन् ।
यसअघि संसदको बजेट अधिवेशन कात्तिक १६ गते अन्त्य भएको थियो ।


