काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो मातहतमा रहेका संस्थागत विद्यालयलाई सात दिनभित्र नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ ।
महानगरले एक सूचना जारी गर्दै आफ्नो शिक्षा नियमावली, २०५९ को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको हो ।
साथै विद्यालयको मौलिक नामकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर ३५ दिनभित्र महानगरमा निवेदन दिन पनि महानगरले निर्देशन दिएको छ ।


