काठमाडौं । किवानिज क्लब सिन्धुपाल्चोकको अध्यक्षमा रामशरण बस्नेत चयन भएका छन् । अध्यक्ष किशोर कुमार पाण्डेको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले बस्नेतलाई अध्यक्षमा चयन गरेको हो ।
यसैगरी अन्य सदस्यहरुमा निमित्त अध्यक्ष किशोर कुमार पाण्डे, वरिष्ठ उपाध्यक्षमा रामकृष्ण बस्नेत, उपाध्यक्षमा जीवन रोक्का, सचिवमा नबराज थापा, कोषाध्यक्षमा रामशरण कार्की रहेका छन् । यसैगरी अन्य सदस्यहरुमा गणेशबहादुर श्रेष्ठ, केशव खत्री, सुजित बस्नेत सोनाम दोर्जे शेर्पा, सूर्यबहादुर कार्की, सविन फुयाल, बिमला थापा, निर्मला थापा, लछ्छु शेर्पा,सांबु शेर्पा, पूर्णबहादुर थापा, दामोदर ढकाल, कृष्ण राउत र रामचन्द्र थापा रहेका छन् ।

यसले खास गरेर बालबालिकाको क्षेत्रमा काम गर्ने गर्दछ । संस्थाको नियमानुसार हरेक वर्षको अक्टुबर १ देखि नयाँ अध्यक्षको कार्यकाल सुरु हुने गर्दछ । त्यसका लागि मे महिनाको १५ तारिखभित्रै नयाँ अध्यक्ष चयन गरिसक्नुपर्ने पूर्व अध्यक्ष सुजित बस्नेतले बताए । उनले संस्थाले हालसम्म धेरै भोटेकोशी गाउँपालिका, र बाह्रबिसे नगरपालिकाका धेरै आभारभूत विद्यालयहरुमा शैक्षिक सामग्री सहयोग गरेको बताए ।
यसका अलावा काठमाडौंमा रहेका विभिन्न अनाथ आश्रममा पनि सहयोग गरेको बताए ।
संस्थाले केही वर्ष पहिले जम्बु र खागदलका बाढीपिडीतलाई ५ हजार डलर सहयोग गरेको उनले जानकारी दिए ।


