काठमाडौं । नेपाल उद्योग सरकारले संसदमा पेस गरेको बजेट सकारात्मक रहेको निजी क्षेत्रले प्रतिक्रिया दिएको छ । वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको बजेट मुलुकको आर्थिक विकासका लागि सकारात्मक रहेको बताए ।
अध्यक्ष ढकालले मंगलबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै निजी क्षेत्रसँग सहकार्य गर्ने बिषयलाई बजेटले सम्बोधन गरेको बताए। नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष राजेश अग्रवालले आगामी आर्थिक वर्षको बजेट समग्ररूपमा सकारात्मक रहेको प्रतिक्रिया दिए। कृषिका क्षेत्रमा पनि धेरै राम्रा कुरा आएको उनको भनाइ छ।


