काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
बैंकले आज निर्धारण गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर एक सय ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ २४ पैसा छ भने एक युरोको खरिददर एक सय ४४ रुपैया ३६ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ९९ पैसा तोकेको छ ।
त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ६८ पैसा छ। आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ९५ र बिक्रीदर ८७ रुपैयाँ ३३ पैसा छ।
त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४६ रुपैयाँ ८० र बिक्रीदर चार सय ४८ रुपैयाँ ७५ पैसा छ। त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपैयाँ १३ पैसा र बिक्रीदर तीन सय ६६ रुपैयाँ ७२ पैसा छ।


