काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
बैंकले आज सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १३७.६४ रुपैयाँ र बिक्रीदर १३८.२४ रुपैयाँ तोकिएको छ।
त्यस्तै एक युरोको खरिददर १४४.४४ रुपैयाँ र बिक्रीदर १४५।०७ रुपैयाँ, स्टर्लिङ पाउण्ड एकको खरिददर १७१.८० रुपैयाँ र बिक्रीदर १७२.५५ रुपैयाँ, स्विस फ्र्याङ्क एकको खरिददर १५१.९५ रुपैयाँ र बिक्रीदर १५२.६१ रुपैयाँ कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६.८७ रुपैयाँ र बिक्रीदर ८७.२५ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९५.९५ रुपैयाँ र बिक्रीदर ९६.३७ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.२६ रुपैयाँ र बिक्रीदर १०२.७० रुपैयाँ निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर ८.८२ रुपैयाँ र बिक्रीदर ८.८६ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १९.०० रुपैयाँ र बिक्रीदर १९.०८ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३६.६९ रुपैयाँ र बिक्रीदर ३६.८५ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.७५ रुपैयाँ र बिक्रीदर ३७.९२ रुपैयाँ कायम भएको छ।


