काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
बैंकले आज तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिदमूल्य १३९ रुपैयाँ ५९ पैसा र बिक्रीमूल्य १४० रुपैयाँ १९ पैसा कायम भएको छ । यसैगरी आजका लागि एक युरोपियन युरोको खरिदमूल्य १४४ रुपैयाँ ९० पैसा र बिक्रीमूल्य १४५ रुपैयाँ ५२ पैसा निर्धारण गरेको छ ।
बैंकका अनुसार आइतबार एक युके पाउन्ड स्ट्रलिङको खरिदमूल्य १७३ रुपैयाँ ८४ पैसा र बिक्रीमूल्य १७४ रुपैयाँ ५९ पैसा तोकेको छ भने एक स्विस फ्र्यांकको खरिदमूल्य १५३ रुपैयाँ ९१ पैसा र बिक्रीमूल्य १५४ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।
यस्तै आज एक अष्ट्रेलियन डलरको खरिदमूल्य ८७ रुपैयाँ ७० पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ ०८ पैसा निर्धारण गरेको छ। यसैगरी एक् क्यानेडियन डलर एकको खरिदमूल्य ९७ रुपैयाँ ४३ पैसा र बिक्रीमूल्य ९७ रुपैयाँ ८५ पैसा, सिंगापुर डलर एकको खरिदमूल्य १०३ रुपैयाँ ३३ पैसा र बिक्रीमूल्य १०३ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिदमूल्य नौ रुपैयाँ १८ पैसा र बिक्रीमूल्य नौ रुपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिदमूल्य १९ रुपैयाँ १५ पैसा र बिक्रीमूल्य १९ रुपैयाँ २३ पैसा, साउदी अरेबियन रियाल एकको खरिदमूल्य ३७ रुपैयाँ २२ पैसा र बिक्रीमूल्य ३७ रुपैयाँ ३८ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३८ रुपैयाँ २९ पैसा र बिक्रीमूल्य ३८ रुपैयाँ ४५ पैसा कायम भएको छ ।


