काठमाडौं । पछिल्लोराजनीतिक घटनाक्रमबारे छलफल गर्न आज बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बस्दैछ ।
बैठकमा शिक्षक आन्दोलन, गभर्नर नियुक्ति, सरकार परिवर्तनको हल्ला, सरकारका कामकारबाहीलगायत विषयमा छलफल हुनेछ ।
बैठकमा सत्तारुढ दलका शीर्ष नेता सहभागी हुने बताइएको छ ।


