काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
उनले बुधबार सभापति देउवा निवास बूढानीलकण्ठ गएर भेटघाट गरेका हुन् । भेटमा उनीहरूबीच नेपाल-भारत सम्बन्ध, पुरानो मित्रतालाई थप सुदृढ बनाउनेलगातयका विषयमा छलफल भएको थियो ।
भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले बुधबार बिहान नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका हुन् ।


