काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले सञ्चालन गरेको अभियान सफल भएको दावी गरेका छन् ।
अभियानका क्रममा झापादेखि कञ्चनपुरको महेन्द्रनगरसम्म पुग्दा माओवादी मात्रै नभएर अन्य पार्टीका जनप्रतिनिधिले देखाएको माया, भावनाले राष्ट्रिय अभियानको रुप लिएको उनको भनाइ छ।
‘सबै राजनीतिक दलहरुका पालिका जहाँ उनीहरुका सरकार छन्, ती पालिकाले हामीलाई हार्दिकताका साथ न्यायो स्वागत गरे। अभियानले देश बचाउने र देशमा केही हुन्छ भन्ने आशा जागेको छ भनेर भन्नुभयो,’ प्रचण्डले भने, ‘त्यसकारण अभियान यहाँसम्म आउँदा माओवादी केन्द्रको मात्रै रहेन। राष्ट्रिय अभियान भयो। तराइ मधेशमा रहेका सबै दलको साझा अभियान बन्न पुग्यो। हामीलाई गर्व छ।’
अभियानले अभुतपूर्व राष्ट्रिय एकताको आधार तयार पारेको बताउँदै दाहालले नेता र जनताबीचको सम्बन्ध सुदृढ समेत भएको बताए।


