काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला चाँदी एक हजार ९६५ रुपैयाँमा बेचबिखन भइरहेको छ । सोमबार प्रतितोला एक लाख ८४ हजार ६०० रुपैयाँमा किनबेच भएको सुन आज बढेर एक लाख ८९ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३५७ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।


