काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि व्यावहारिक र वस्तुनिष्ठ ल्याउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
बुधबार राष्ट्रिय सभा बैठकमा बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै पौडेलले कार्यान्वयनको सुनिश्चितताका साथ व्यावहारिक र वस्तुनिष्ठ बजेट निर्माण गरिने बताएका हुन् । बजेट कार्यान्वयनबाट मुलुक र आमनागरिकले प्रतिफल प्राप्त गर्ने उनले दाबी गरे ।
विनातयारीका आयोजनामा स्रोत सुनिश्चित नहुने यसअघिको परम्परालाई अन्त्य गर्ने उनले बताए ।अर्थमन्त्री पौडेलले नीति तथा कार्यक्रमको अनुसरण गर्दै सिद्धान्त र प्राथमिकता ल्याएको बताए ।


