काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले गठबन्धनको सरकार भएपछि सबै आफूले भनेको मात्रै नहुने प्रष्टिकरण दिएका छन् । पूर्व अर्थमन्त्री समेत रहेका उनले कांग्रेस तनहुँले विहीबार आयोजना गरेको भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले भने, ‘महाधिवेशनको तयारी गर्ने जिम्मेवारी मेरो छैन । सभापतिबाट अवरोध हुँदैन । तर विगतदेखि नै एकवर्ष थप्ने चलन छ । आम निर्वाचन र पार्टीको महाधिवेशन सँगसँगै भयो भने पनि हामीलाई घाटा नै छ । हाम्रो तरिका त्यही हो । विपक्षसँग लड्ने भन्दा आफ्नो पार्टीभित्रको निर्वाचन चाहिँ महाआमनिर्वाचन भइरहेको हुन्छ ।’


