काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भिजिट भिसा प्रकरणबारे सत्यतथ्य जनतासामु ल्याएरै छाड्ने उद्घोष गरेका छन् ।
पूर्व प्रधानमन्त्री उनले मंगलबार काठमाडौंमा नेवाः तामाङ जागरण अभियान सुरू गर्दै यस्तो धारणा राखेका हुन् ।
दाहालले भने, ‘भिजिट भिसा प्रकरणमा पनि जे देखिएको छ, हामीले प्रतिपक्षलाई समेटेर त्यसलाई परिणाममा पुर्याउने हाम्रो कोसिस भइरहेको छ । आज उनीहरूले जबरजस्ती गर्न खोजेका थिए । हामीले छानबिनको विषय मुख्य भएकाले सरकारको भनाइ के छ रु भनेपछि अहिले सदन स्थगित भयो । त्यहाँ पनि हाम्रो लडाइँ जारी छ ।’
उनले राजावादीहरू जहाँ पुगेपनि आक्रामक ढङ्गले प्रस्तुत भएको बताए ।


