काठमाडौं । आज नेप्से बढेको छ । आज धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २३.१९ अंकले बढेको हो ।
यस दिन कारोबार रकम भने घटेको छ । आठ अर्ब ६८ करोड ९३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आइतबार ९जेठ २५० नौ अर्ब १३ करोड ७४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।
कारोबारमा आएका १३ मध्ये होटेल तथा पर्यटन, जीवन बिमा र व्यापार समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।


