काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले इजरायल र इरानमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा दिन निर्देशन दिएकी छन् ।
उनले आइतबार इजरायल र कतारका लागि नेपाली राजदूतहरूलाई र टेलिफोन सम्पर्क गरेर यस्तो निर्देशन दिएकी हु्न् ।
हाल इजरायलमा करिब पाँच हजार ५०० र इरानमा करिब १२ जना नेपाली रहेको तथा उनीहरू सबैजना सुरक्षित रहेको विज्ञप्तिमा उल्लेख छ ।


