काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पूर्व राष्ट्रपति व्यक्ति पुनः राजनीतिमा सक्रिय हुनु राम्रो नहुने नभएको टिप्पणी गरेका छन् ।
उनले आइतबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकपछि पत्रकारहरूसँग यस्तो टिप्पणी गरेका हुन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा शनिबार गरेकी थिइन् । डा. महतले कांग्रेसले राष्ट्रपति भइसकेको व्यक्तिलाई सक्रिय राजनीतिमा नल्याउने बताए ।


