काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारी पुनः सक्रिय राजनीतिमा आउने घोषणाले पार्टीमा ध्रुवीकरण बढाएको टिप्पणी गरेका छन्।
उनले आज नेकपा एमाले सचिवालय बैठकलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
‘उहाँको प्रवेशले पार्टीभित्र ध्रुवीकरण बढायो,’ ओलीको भनाइ छ, ‘हामीले गणतन्त्र गौरवका रुपमा उहाँलाई सम्मान गरेका थियौं, त्यसबेलासम्म उहाँ राजनीतिमा आउने कुनै छेकछन्द थिएन। उहाँले पार्टीमा आउने औपचारिक घोषणा मात्र होइन, अध्यक्ष मै आउने घोषणा गरिसक्नु भएको छ। पार्टीभित्र ध्रुवीकरण रोक्न एकताबद्धरुपले जानुपर्छ।अब संस्थागत निर्णयको बेला आयो।’


