काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सामाजिक सञ्जाल र सञ्चार माध्यममा पार्टीको नीति तथा सिद्धान्त विपरीतका अभिव्यक्ति नदिन कार्यकर्तालाई निर्देशन दिएको छ।
आज पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले एक विज्ञप्ति प्रकाशित गरी यस्तो निर्देशन गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ, ‘राप्रपाको केन्द्रीय अनुशासन समितिको बैठक समितिकी अध्यक्ष, पार्टीका वरिष्ठ नेता उपाध्यक्ष रोशन कार्कीको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ। बैठकले पार्टीको नीति, विचार, सिद्धान्त र वृहतर हित विपरित हुने गरि सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा लिखित वा मौखिक रूपमा कुनै पनि प्रकारको अभिव्यक्ति नदिन तथा त्यस सम्बन्धी कुनै पनि क्रियाकलाप नगर्नु नगराउनु हुन पार्टीका सबै तहका नेता कार्यकर्ताहरूलाई हार्दिक अनुरोध गर्दछ।’


