काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत चीनबिचको सहमतिमा आपत्ति जनाएका छन् । शनिबार थियानजिन अतिथि गृहमा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भएको द्विपक्षीय भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले सो सहमतिमा आपत्ति जनाएका हुन् ।
भेटवार्ताका क्रममा सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वको सबै भूभागहरू सार्वभौम मुलुक नेपालका भएको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले यसबारे चीनले नेपाललाई सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए ।
भेटवार्तामा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको छ ।


