काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने तय भएको छ ।
बैठक सकिएलगत्तै उम्मेदवारको नाम सार्वजनिक गर्ने रास्वपाका एक नेताले जानकारी दिए ।
उपनिर्वाचनका लागि ९ जना आकांक्षी छन् । सुलभ खरेल, डा। लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री आकांक्षी छन् ।बैठकमा रुपन्देही–३ उम्मेदवार छनोट मूल्याङ्कन, प्रवास विशेष अभियान सञ्चालन र अन्य विविध विषयमा छलफल हुने बताइएको छ ।


