काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुपन्देहीमा एक्लै चुनाव लड्ने र त्यसमा राम्रो नतिजा ल्याउने दाबी गरेका छन् ।
लुम्बिनी प्रदेशको सातौं पूर्ण बैठक बुटवलको वेलबासमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै पार्टी प्रचण्डले रुपन्देहीमा एक्लै चुनाव लड्ने तयारी थाल्न नेता कार्यकर्तालाई निर्देशन दिए ।
अध्यक्ष प्रचण्डले भने, ‘माओवादीले यो परिवर्तनको आन्दोलनमा खेलेको भुमिका कसैले नकार्न सक्दैन । बाहिर प्रचारप्रसार त हामीले गर्नुपर्यो नि, रुपन्देहीमा हामीले पहिला भन्दा राम्रो परिणाम ल्याउँछौं, ल्याउँछौं । एक्लै लड्ने हो, तपाईहरु त्यसको तयारी गर्नुहोस् ।’


