काठमाडौं । निरन्तर वर्षा भएसँगै आन्तरिकतर्फको सबै उडान अहिले बन्द रहेको छ ।
अहिले आन्तरिक उडान बन्द भएपनि अन्तर्राष्ट्रिय तर्फको जहाज उडान भने नियमित भइरहेको त्रिभुवन विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले बताए ।
शेर्पाको अनुसार बिहान आन्तरिकतर्फका सबै उडान नियमित रुपमै भए पनि केही समयअघिदेखि सबै उडान बन्द गरिएको हो ।


