काठमाडौं । निरन्तरको भारी वर्षाले सडक यातायात बन्द भएपछि अलपत्र परेका यात्रुलाई काठमाडौं ल्याउन आज दिउँसो नेपाल वायुसेवा निगमको चार्टर्ड फ्लाइट भैरहवा जाँदै छ ।
चार्टर्ड फ्लाइट आज दिउँसो २स्४५ बजे हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए ।
केही दिनदेखि भारी वर्षा भएको कारण धेरै दशैंमा घर गएकाहरु यात्रुहरु सडकमार्गबाट काठमाडौं आउन सकेका छैनन् । निगमले आजको उडानमा बिरामी, बालबच्चा र बृद्धबृद्धालाई पहिलो प्राथमिकता दिने बताएको छ ।


