काठमाडौं । आज पनि देशका केही भूभागमा वर्षा हुने जल तथा मौसम विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, र गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भूभागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


