काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मंसिर महिनाभित्रै पार्टीको १५ औं महाधिवेशन गर्ने गरी अघि बढ्नुपर्ने बताएका छन्।
जारी केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै उनले अन्य दलहरू मंसिरमै सम्मेलनको तयारीमा जुट्दा कांग्रेसले पनि किन नसक्ने भन्दै नेतृत्वलाई प्रश्न गरेका हुन्।
‘अन्य राजनीतिक दलहरू मंसिरमा अधिवेशन गर्ने प्रक्रियामा जुटिसकेका छन् भने हामी किन सक्दैनौंरु त्यसकारण म अत्यन्त विनम्रताका साथ यहाँ साथीहरू माझ भन्न चाहन्छु, ुकांग्रेसलाई नयाँ दिशा र नयाँ संभावनाको पार्टीु बनाउने हो भने २०८२ मंसिर महिनामा हाम्रो १५औं महाधिवेशन गर्नुपर्छ। महामन्त्रीज्युले आगामी मंसिरमै महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनुहुनेछ भन्नेमा म विश्वस्त छु। सबैको सम्बोधन र नेतृत्वमा समेत ताजापन नियमित महाधिवेशनबाट मात्र सम्भव छ,’ उनले भने।


