काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका सबैलाई मिलेर अगाडि बढ्न सुझाव दिएका छन् । उनले आज नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर नेताहरू अम्मर पुन, नेता गुरुराज घिमिरेसहित दुई दर्जन नेताहरूको भेटमा यस्तो आग्रह गरेका हरन् स
भेटमा जेनजी आन्दोलनपछिको परिस्थिति, फागुन २१ को चुनाव, कांग्रेसभित्रको विवाद लगायतको विषयमा छलफल भएको नेता घिमिरेले बताए ।
उनले भने, ‘हामीले समग्र परिस्थितिको बारेमा राख्यौँ । त्यसपछि उहाँले आफ्नो कुरा राख्नुभयो । आफू सरकार, निर्वाचन आयोग र दलहरूसँग छलफलमा रहेकाले अहिलेको निकास निर्वाचन मात्रै रहेको बताउनुभयो ।’
उनले पार्टीभित्रको आन्तरिक विवादमा आफूले बोल्न नमिल्ने भन्दै मिलेर जान सुझाव दिएको बताए ।


