काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले राष्ट्र बचाउने जिम्मेवारी सबैको भएको बताएका छन् ।
मुस्लिम समुदायसँग नेपाली कम्युनिस्ट पार्टी विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले देश अफ्ठ्यारो स्थितिमा रहेको बताएका हुन् ।
गत २३ र २४ भदौको आन्दोलनपछि देशमा अफ्ठ्यारो स्थिति आइरहेको उनको भनाइ छ ।
२४ भदौको विध्वंसपछि सिंगै नेपाली समुदायमा आत्मनिर्णयको अधिकारमाथि पनि प्रश्न चिह्न खडा भएको उनले बताए ।


