काठमाडौं । कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्दैछ । समितिका संयोजक रहेका महामन्त्री गगन थापाले आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाएका हुन्।
कांग्रेसले आसन्न १५ औँ महाधिवेशनलाई क्रियाशील सदस्यताको विवादबाट मुक्त गराउने उद्देश्यसहित महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ बनाएर काम अघि बढाएको थियो । व्यवस्थापन समितिमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली सदस्य छन् ।
केन्द्रीय समितिले पारित गरेको महाधिवेशनको कार्यतालिकामा पुस १२ गतेसम्म सबै तहबाट केन्द्रमा आइपुग्ने मिति राखिएको छ ।


