काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले वैकल्पिक शक्तिहरू एकठाउँमा आएर परिवर्तनको नेतृत्व गर्नुपर्ने बताएका हुन् ।
बुधबार काठमाडौंमा उज्यालो नेपाल पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै घिसिङले यस्तो बताएका हुन् । अहिलेका परिवर्तनलाई परिणाममुखी बनाउनुपर्ने भन्दै उनले नयाँ सरकार, युवाको नयाँ नेतृत्व अपरिहार्य रहेको बताए ।
घिसिङले जेनजी आन्दोलनले भ्रष्टाचार मुक्त देशको विषय मुख्य रुपमा उठाएकाले भ्रष्टाचार मुक्त देश बन्न सके समृद्धितर्फ अघि बढ्न सकिने धारणा राखे ।


