काठमाडौं । आजबाट सचिव फणीन्द्र गौतम अनिवार्य अवकाशमा गएका छन् । उनी उमेर हदका कारण अनिवार्य अवकाशमा गएका हुन् ।
न्याय सेवा कानुन समूहबाट सचिव बनेका गौतम यही मंसिर १८ गते देखि अनिवार्य अवकाशमा जान लागेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अनिवार्य अवकाशमा जान लागेका गौतमलाई अवकाशको जानकारी दिने र उनले हालसम्म गरेको योगदानको लागि सरकारको तर्फबाट धन्यवाद दिने निर्णय गरेको छ ।
सचिव बढुवा भएपछि उनले केही समय सत्य निरुपण तथा मेलमिलाप आयोग,कानुन मन्त्रालय हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यसम्पादन गरेका थिए ।


