काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई प्रतिनिधिसभा विघटन कुनै हालतमा मान्य नरहेको धारणा ब्यक्त गरेका छन् । उनले शनिबार पार्टीको ११औं महाधिवेशनको उद्घाटनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
प्रतिनिधिसभा पुनर्स्थापनाले मात्रै देश, संविधान र लोकतन्त्रको बाटोमै फर्किने उनले बताए। ‘त्यो असामान्य परिस्थितिमा थप क्षति नहोस् भनेर मैले राजीनामा दिएँ। देश अन्योलमा थियो। त्यो अन्योल चिर्न संवैधानिक बाटोबाट निकास दिन हामीले विकल्पहरू स्पष्ट राख्यौँ। यदि संसदभन्दा बाहिरको व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने भए, दलहरूबीच सहमति हुनुपर्छ, संसदमार्फत संविधान संशोधन गर्नुपर्छ। प्रतिनिधिसभा विघटन हुनुहुँदैन । ’


