काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले आफ्नो पार्टिका लागि आगामी निर्वाचन आफ्नो अग्निपरीक्षा हुने बताएका छन्।
पार्टीको केन्द्रीय सदस्यहरूको शपथ कार्यक्रमलाई सम्बोधन गर्दै चुनावमा केन्द्रित हुनुपर्ने बताए।
उनले भने, ‘समानुपातिकमा मत जति धेरै प्राप्त गर्न सक्यौँ, त्यति नै धेरै समानुपातिकबाट निर्वाचित गर्न सक्नेछौँ। यो हाम्रो लागि अग्निपरीक्षा हुनेछ। यस बीचमा चुनाव हुन्छ भन्ने नै हामीलाई लागेको छ। कतै चुनाव हुँदैन कि भन्ने कुरा ठानेर चुप लागेर बस्ने होइन।’ चुनावको तयारीमा जुट्नुपर्ने भन्दै घोषणापत्र पनि तयार गर्ने कमिटी बनाइसकेको बताए।


