काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ०४६ साल पछिका सबै काण्डको छानबिन गरिने प्रतिवद्धता जनाएका छन् । उनले आज इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘०४६ साल पछिका सबै काण्डको छानबिन हुन्छ, प्रतिशोध हुँदैन, हिसाब हुन्छ’, उनले भने, जति पनि लघुवित्त सहकारी लगायतका समाधान निकाल्न नसकेर, आरोपमाथि आरोप लगाएर, यसलाई समस्याग्रस्त बनाएर राख्ने तर, समाधान नगर्नेहरूलाई म यहीँबाट भन्न चाहन्छु, रवि लामिछानेलाई थुन्न बाहेक कुनै मान्छेलाई एक रुपैयाँ फिर्ता पायो ?’
उनले रास्वपाको सरकारले सय दिनभित्र साना बचतकर्ताको रकम फिर्ता गर्न सुरु गर्ने बताए । साथै, उनले भूमिहीन सुकुम्बासीको दीर्घकालीन समस्या समाधान गर्ने पनि बताए ।


