काठमाडौं । अन्ततः धनुषा क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टी नेकपाका मातृकाप्रसाद यादव विजयी घोषित भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार साँझ यादवलाई विजयी भएको प्रमाणपत्र हस्तान्तरण गरेको हो
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का किशोरी साह कमलको उम्मेदवारी खारेज भए पनि घण्टी चिह्नमा सर्वाधिक मत परेपछि परिणाम घोषणा नगरी स्थगनमा राखिएको थियो । सोमबार सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि परिणाम घोषणा गरी यादवलाई प्रमाणपत्र दिइएको हो ।


