काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा चयन भएसँगै भीष्मराज आङ्देम्बेले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट गरेका छन् । सर्वसम्मत दलको नेता चयन भएपछि उनी खड्कालाई भेट्न गल्फुटारस्थित निवास पुगेका हुन् ।
खड्काले आज सामाजिक सञ्जाल एक्समा भेटवार्ताको तस्बिर सार्वजनिक गर्दै यस्तो खुलासा गरेका हुन् ।
खड्काले एक्समा भेटको फोटो राख्दै लेखेका छन्, ‘निवर्तमान सहमहामन्त्री, नेपाली कांग्रेसका नेता, मेरा मित्र–प्रिय भाइ मा. भीष्मराज आङ्देम्बे नेपाली कांग्रेस पार्टीको संसदीय दलको नेता सर्वसम्मत रुपमा निर्वाचित हुनुभएकोमा हृदयदेखि नै हार्दिक बधाईसहित कार्यकालको पूर्णसफलताको शुभकामना व्यक्त गर्दछु ।’
यसपटकको संसद्को संरचनामा कांग्रेस दोस्रो ठूलो राजनीतिक दलको रुपमा उपस्थित भएकाले संसद्को समग्र प्रक्रियामा आङ्देम्बेको भूमिका प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा ऐतिहासिक र महत्वपूर्ण रहने खड्काको विश्वास छ ।
‘


