काठमाडौं । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) सम्बन्धी गम्भीर कसूरमा संलग्न रहेको आरोपमा विकल पौडेल र उनकी श्रीमती एलिना बस्नेत विरुद्ध ६८ करोड ९४ लाख बिगो माग गरी मुद्दा दर्ता गरेको छ।
सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक रहेका पौडेलले अवैध रूपमा विदेशी विनिमय कारोबार गरी सम्पत्ति शुद्धीकरण गरेको
राजस्व अनुसन्धान विभागको दाबी छ ।
विभागको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले आज (बुधबार) काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो ।
उक्त ऐनको दफा ३० अनुसार बिगोको दोब्बर जरिवाना तथा कसुरको मात्राअनुसार कैद सजाय गर्न विभागको मागदाबी छ । ऐनअनुसार अवैध रूपमा आर्जित सम्पत्ति जफत गर्नुपर्ने मागसमेत गरिएको छ ।


