काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सार्वजनिक जिम्मेवारीमा बसेका व्यक्तिहरूको इमानदारितामा कुनै पनि सम्झौता नहुने बताएका छन्।
आशनिबार नेता दमन पाख्रेलको जीवनीमा आधारित पुस्तक विमोचन तथा स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले कसैले पनि तलमाथि गर्न नहुने बताए। ‘स्थानीय तहदेखि प्रदेश सरकारसम्म जिम्मेवारीमा रहेका कुनै पनि व्यक्तिले एक सुका पनि तलमाथि गरेको कुरा स्वीकार्य हुँदैन,’ थापाले भने, ‘सुशासनका सन्दर्भमा पार्टीले शून्य सहनशीलताको नीति लिनेछ।’
पार्टीभित्र वृहत्तर एकताको आवश्यकता औँल्याउँदै सभापति थापाले नेतृत्वको हैसियतले सबैलाई समेट्न आफू उदार र लचिलो हुन तयार रहेको बताए। विभिन्न नेताहरूको नाममा स्थापित प्रतिष्ठानलाई व्यवस्थित बनाउन पार्टीले नै विशेष पहल गर्ने उनले प्रतिबद्धता जनाए।


