काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा रिहा भएका छन् । अदालतले म्याद दिन अस्वीकार गरेपछि गोल्छा रिहा भएका हुन् ।
उनलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थप्न काठमाडौं जिल्ला अदालतले अस्वीकार गरेपछि केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले गोल्छालाई उनको परिवारको जिम्मा लगाएको हो।
सीआईबीका अनुसार उनलाई आज साँझ करिब ५ बजे पत्नी सीमा गोल्छाको जिम्मा लगाइएको छ। आवश्यक परेमा अनुसन्धानमा उपस्थित हुने शर्तमा उनी छुटेका हुन्।


