काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुकुमवासीको समस्या स्थायी रुपमा समाधान गरिने बताएका छन् ।
ललितपुरमा आइतबार आयोजित पार्टीका सांसदलाई प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछाने सरकारले सुकुमवासी बस्ती हटाउन चालिएको कदमबाट कोही आत्तिन नपर्ने बताए । उनले भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिलाएर छाडिने बताए । प्रतिनिधिसभा सदस्य रहेका लामिछानेले सुकुमवासी समस्या पुराना राजनीतिक दलहरुले भोट बैंकका रुपमा प्रयोग गर्न खडा गरिएको आरोप लगाए ।


