काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकरमार थापाले सरकारले संसदमा पेस गरेको बजेट गरिबीको पक्षमा नभएको टिप्पणी गरेका छन् ।
शनिबार नेपाल थारू संघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले बजेटमा कांग्रेसले लामो समयदेखि उठाउँदै आएका संरचनागत सुधारका कतिपय विषय समेटिनु सकारात्मक भएको बताए। उनले सकारात्मक पक्षहरूमा आवश्यक कानुन निर्माण गर्न प्रतिपक्षको हैसियतले कांग्रेसले सहयोग गर्ने बताए।
उनले भूमिहीन र सुकुम्वासीको बस्तीमा डोजर चलाएको प्रसंगलाई जोडे। ‘यो राज्यको नियत के देखिन्छ भने म गरिबी हटाउँछु होइन, म गरिबलाई हटाइदिन्छु। मेरो अगाडि जो गरिब पर्छ त्यसलाई मास्दिन्छु म हटाइदिन्छु भनेपछि गरिबी हट्छ भन्ने गलत सोचबाट यो ग्रसित छ,’ उनले भने।


