काठमाडौं । निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तका लागि सिफारिसहरूको नाम सर्वसम्मत अनुमोदन भएको छ ।
आज बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा गुरु वाग्ले र डा. राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन भएको हो ।
संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र आयुक्तहरू राजीव सुब्बा र गुरूप्रसाद वाग्लेलाई नियुक्तिका सिफारिस गरेको थियो। उक्त सिफारिस अनुमोदनका लागि संसदीय सुनुवाई समितिमा पुगेको थियो। । अब राष्ट्रपतिले प्रमुख निर्वाचन आयुक्त र आयुक्तलाई नियुक्ति गर्नेछन्।


