काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण गर्दा नेपालको दीर्घकालीन हितलाई केन्द्रमा सुझाव दिएका छन् ।
उनले विगतदेखि नेपालले निरन्तर उठाउँदै आएका द्विपक्षीय विषयहरू स्पष्ट अडान र उच्च प्राथमिकताका साथ प्रस्तुत गर्न आग्रह गरे । फेसबुकमार्फत पौडेलले सिंगो देशको प्रतिनिधित्व गर्ने महत्त्वपूर्ण कूटनीतिक भ्रमणअघि राज्यका सम्बन्धित निकाय र राजनीतिक दलहरूसँग आवश्यक परामर्शसमेत नगरी अगाडि बढ्नु संस्थागत अभ्यास र लोकतान्त्रिक मूल्यको दृष्टिले उचित नभएको बताए ।
नेपाल र भारतबीचको ऐतिहासिक तथा जनस्तरको प्रगाढ सम्बन्धलाई सार्वभौम समानता, आपसी विश्वास र सम्मानको जगमा अझ सुदृढ बनाउनुपर्नेमा जोड दिँदै उनले मुलुकको हितमा ठोस उपलब्धि हासिल गर्न प्रधानमन्त्रीको भ्रमण सफल र फलदायी रहोस् भन्ने शुभकामना दिएका छन् ।

