काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ ।
आयल निगम सञ्चालक समितिको बैठकले आइतबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ र डिजेल र मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले मूल्यवृद्धि गरेको छ ।
नयाँ मूल्य बढेसँगै पेट्रोलको मूल्य १९९ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १९२ पुगेको छ । निगमका अनुसार खाना पकाउने ग्यासको मूल्य भने यसपटक बढाइएको छैन ।


