काठमाडौं । पछिल्लो समय सवारी नियम उलंघन गर्नेलाई कडाइ गर्न थालिएको छ । शनिबार मात्रै ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा २ हजार ७०२ जना सवारी चालकलाई कारबाही गरेको छ।
कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १८२, लेन अनुशासन पालना नगर्ने ४८, रेड लाइटमा सवारी साधन चलाउने ६२, निषेधित क्षेत्रमा हर्न बजाउने १७४ र नम्बर प्लेट राम्रोसँग नराख्ने ३२ जना सवारी चालक रहेका छन् ।
यस्तै २ हजार २०४ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।


