काठमाडौं । कालिकोट जिल्लाको तिलागुफा नगरपालिका ४ राँचुलीमा मलामी गएका १३ जना पहिरोमा पुरिएका छन्। आइतबार दिउँसो १ बजेतिर मलामी गएका उनीहरुमाथि तिलाकर्णाली नदीमा लाश जलाउने क्रममा पहिरो खसेको थियो।
कालिकोटका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले पहिरोमा पुरिएर तिलागुफा नगरपालिका ४ का नवनिर्वाचित वडाअध्यक्ष परमबहादुर शाहीसहित १३ जना बेपत्ता भएको बताए ।
आइतवार दिउँसोदेखि उनीहरु सम्पर्कमा नआएपछि खोजी गर्दा पहिरोमा पुरिएको खुलेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको तिलाकर्णाली नदीमा अन्तिम संस्कार चलिरहँदा त्यहाँ पुगेका मलामीमाथि पहिरो खसेको हो।


