काठमाडौं । संघीय संसद्का सहसचिव डा. रोजनाथ पाण्डे सचिवमा बढुवा भएका छन् ।
। संसद् सचिवालयको प्रशासन महाशाखा प्रमुख तथा प्रवक्ता रहेका उनलाई बुधबार बसेको संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले बढुवा गरेको हो । नेतृत्व मूल्याङ्क तथा कार्यसम्पादन मुल्याङ्कनबाट तथा लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा बढुवा सिफारिस समितिको बैठकको सिफारिसमा सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।
सचिव पाण्डे २०६७ चैतमा उपसचिवमा सेवा प्रवेश गरेका उनी २०७३ साल वैशाख २१ देखि संसद् सेवामा प्रवेश गरेका थिए ।


