काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्माले नेपाली सेनाले ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७९ को अवसरमा पृथ्वीनारायण शाह पूर्णकदको सालिक अनावरण गरेका छन् । ।
उनले नारायणहिटीस्थित श्री उपत्यका पृतना हाताभित्र नवनिर्मित राष्ट्रनिर्माता शाहको सालिकको एक विशेष समारोहबीच सोमबार अनावरण गरेका हुन् ।
कार्यक्रममा बलाध्यक्ष रथी सिताराम खड्कालगायत अधिकारीहरुको उपस्थिति रहेको थियो ।


